News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता प्रा.डा. कृष्णप्रसाद गौतमले स्वास्थ्य कारण देखाउँदै ‘एक महिने जरामा जाऊँ अभियान’ का लागि तोकिएको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको पत्रमार्फत सभापति गगनकुमार थापालाई जानकारी दिनुभएको छ।
- कांग्रेसले नयाँ वर्षको पहिलो दिनदेखि ७७ वटै जिल्लामा ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै केन्द्रीय प्रतिनिधिहरूलाई सदस्यता विस्तार अभियानको नेतृत्व गर्न निर्देशन दिएको छ।
- अभियानका लागि जिल्लामा खटिने प्रतिनिधिहरूका लागि कांग्रेसले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो र महासमिति सदस्य पौडेललाई मुस्ताङको प्रतिनिधि तोकेको छ।
३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा.डा. कृष्णप्रसाद गौतमले मंगलबारदेखि सुरू हुन गइरहेको ‘एक महिने जरामा जाऊँ अभियान’ का लागि तोकिएको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको बताएका छन् ।
अभियानको पूर्वसन्ध्यामा उनले सभापति गगनकुमार थापालाई पत्रमार्फत केन्द्रीय प्रतिनिधिका रूपमा ‘एक महिने जरामा जाऊँ अभियान’ का लागि तोकिएको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको बताएका हुन् ।
उनले पत्रमा स्वास्थ्यलाई कारण देखाएर केन्द्रीय प्रतिनिधिका रूपमा जिम्मेवारी बहन गर्न असमर्थ रहेको उल्लेख गरेका छन् । महासमिति सदस्य रहेका पौडेललाई कांग्रेसले मुस्ताङका लागि प्रतिनिधि तोकेको थियो ।
पार्टीको निर्णयअनुसार नयाँ वर्षको पहिलो दिनबाट केन्द्रीय प्रतिनिधिहरूले ७७ वटै जिल्लामा ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दै छन् ।
अभियानका लागि जिल्लामा खटिने प्रतिनिधिहरूका लागि कांग्रेसले अभिमुखीकरण कार्यक्रम गरेको थियो । कांग्रेसले प्रतिनिधिहरूलाई कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्न भनेको छ ।
प्रतिक्रिया 4