+
+
Shares

संघीय संसद्‍लाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १२:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले संघीय संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिए।
  • सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा विशेष चासो रहेको बताए।
  • यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदको क्षमता विकास र महिला सशक्तीकरणमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरे।

१ वैशाख, काठमाडौं । संघीय संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी गरिँदैछ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले यस्तो जानकारी दिएका हुन् ।

सभामुख अर्यालसँग सोमबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेका थिए ।

सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिएका हुन् । समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने पनि उनले बताए ।

यूएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले संसदहरुको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छा व्यक्त गरे । साथै डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको जनाए ।

सभामुखले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिए । उक्त भेटमा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे लगायतका अधिकारी तथा  यूएनडीपीका प्रतिनिधिहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?