News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रारम्भिक दुई साताको कार्यप्रगति विवरणमा ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको उल्लेख छ।
- मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकबाट स्वीकृत १०० बुँदे कार्यसूची अन्तर्गत ऊर्जा निर्यात र खपत रणनीति तयार गर्न समिति गठन गरिएको थियो।
- अलपत्र, रुग्ण तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाको पुनरावलोकन सम्बन्धी प्रतिवेदन तयार गर्न सहसचिव डा. महेश्वर श्रेष्ठको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको छ।
१ वैशाख, काठमाडौं । ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रारम्भिक दुई साताको कार्यप्रगति विवरणमा ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको उल्लेख छ ।
मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा यो विषय थियो ।
१०० बुँदे कार्यसूची अन्तर्गतको बुँदा ७४ (क) बमोजिम ऊर्जा निर्यात रणनीतिसँगै ऊर्जा खपत रणनीति एक महिनाभित्र तयार गर्न मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको संयोजकत्वमा चैत १८ गते समिति गठन गरिएको थियो ।
उक्त समितिले कार्यादेश अनुसार प्रारम्भिक मस्यौदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमक्ष पेश गरिसकेको मन्त्रालयले जनाएको छ ।
साथै, अलपत्र परेका, रुग्ण अवस्थामा रहेका तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाको पुनरावलोकन सम्बन्धी प्रतिवेदन तयार गरिँदै छ ।
शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गतको बुँदा ४९ (ख) मा यससम्बन्धी विषय छ ।
जस अन्तर्गत अलपत्र परेका, रुग्ण अवस्थामा रहेका तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाको पुनरावलोकन गरी जग्गा अधिग्रहण र वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति लगायतका विषय एवं आयोजनाको औचित्य विश्लेषण गरी एक महिनाभित्र प्रतिवेदन तयार गरिँदैछ ।
प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव डा. महेश्वर श्रेष्ठको संयोजकत्वमा चैत १९ गते ८ सदस्यीय अध्ययन समिति गठन गरिएको थियो ।
समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ । मन्त्रालयका अनुसार समितिको प्रतिवेदनलाई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा सम्बोधन गर्ने गरी काम भइरहेको छ ।
प्रतिक्रिया 4