News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सबै नागरिकलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराउने प्रतिवद्धता सार्वजनिक गरेको छ।
- सरकारले आगामी ५ वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
- सरकारले ठगी, ज्वाला बक्यौता र श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएको छ।
१ वैशाख, काठमाडौ । सरकारले सबै नागरिकलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराउने प्रतिवद्धता सार्वजनिक गरेको छ । ६ राजनीतिक दलहरुको घोषणापत्रलाई समेटेर राष्ट्रिय प्रतिबद्धता बनाउने क्रममा सरकारले यो नीति पनि स्वीकारेको हो ।
‘सबैलाई श्रम संस्कृतिसँग जोडेर अनिवार्य श्रम गराइनेछ,’ प्रतिबद्धतामा भनिएको छ । यो एजेण्डा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले वकालत गर्दै आएको छ ।
आगामी ५ वर्षभित्र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको सरकारले यो एजेण्डाको अपनत्व पनि लिएको हो । ‘समृद्धिको आधार रोजगारी’ शीर्षकमा सरकारले श्रमलाई सुरक्षित, मर्यादित बनाउने प्रतिबद्धता पनि गरिएको हो ।
‘ग्रामिण रोजगारी कार्यक्रमका साथै नीथि क्षेत्रलाई रोजगारी सिर्जना गर्न रोजगार मेला आयोजना गरिनेछ,’ प्रतिबद्धतामा भनिएको छ, ‘श्रम बजारलाई सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माणका लागि ठगी, ज्वाला बक्यौता र श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गरिनेछ ।’
प्रतिक्रिया 4