१ वैशाख, काठमाडौं । अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने सरकारले प्रतिबद्धता जनाएको छ ।
आज सार्वजनिक राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा श्रम संस्कृतिलाई प्राथमिकतामा राखिएको पाइएको छ । ‘अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिनेछ,’ प्रतिबद्धताको मस्यौदामा भनिएको छ ।
सरकारले आगामी २०८८ सालसम्म स्वास्थ्य क्षेत्रको बजेट ८ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता पनि जनाएको छ । ‘गरिब, मजदुर, किसान, अपांगता जस्ताका लागि बिमा या निशुल्क उपचार गरिनेछ,’ सरकारको थप प्रतिबद्धता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4