+
+
Shares

पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।

त्यसपछि पुन: चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको बताएका थिए । साथै, उनले प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।

सो कार्य पार्टीको विधान विपरीत भएको भन्दै विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।

यस्तो छ निर्णय :

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुन: मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?