+
+
Shares

कांग्रेसले थप्यो निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा अनुशासन उल्लंघन गर्ने सदस्यविरुद्ध उजुरी दिने समय २०८३ वैशाख मसान्तसम्म थप गरेको छ।
  • अनुशासन समितिको बैठकले वैशाख मसान्तपछि प्राप्त उजुरीमा कुनै कारबाही नहुने निर्णय गरेको छ।
  • पहिले २०८२ चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिइएको थियो, जुन अब थपिएको छ।

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा अनुशासन उल्लंघन गर्ने पार्टी सदस्यहरूविरुद्ध उजुरी दिने समय थप गरेको छ ।

यसअघि १८ चैतमा बसेको अनुशासन समितिको बैठकल चैत मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको थियो ।

त्यसपछि आज फेरि अनुशासन समितिको बैठक बसेको थियो । बैठकले उक्त अवधि थप गरेर वैशाख मसान्तसम्म उजुरी पठाउन सकिने निर्णय गरेको हो ।

वैशाख मसान्तपछि प्राप्त हुन आएका उजुरी उपर कुनै कारबाही नहुने अनुशासन समितिको निर्णयमा उल्लेख छ ।

यस्तो छ निर्णय–

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?