+
+
Shares

संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्छ : रवि लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १७:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो।
  • लामिछानेले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको उल्लेख गर्नुभयो।
  • उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यक्षेत्र भित्र पर्ने स्पष्ट पारे।

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‍लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।

संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन  निर्माण र परिमार्जन गर्नु रहेको बताए ।

उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भूमिका पनि सकारात्मक रहने अपेक्षा राखे ।

यस वर्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताए ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे ।

उनले छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टीओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?