News Summary
Generated by OK AI. Editorially reviewed.- मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी हुँदा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
- आगलागीमा स्टिम र थर्मोफुल मेसिन जलेका छन् र आगो पाँचवटा वारुणयन्त्र तथा सुरक्षा निकायको संयुक्त प्रयासले दुई घण्टामा निभाइएको थियो।
- इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न केही दिन लाग्ने र आगलागीको कारण खुलेको छैन भने।
४ वैशाख, धनुषा । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ ।
गए राति भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिए ।
रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन् ।
आगो जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट परिचालन भएका पाँचवटा वारुणयन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा दुई घण्टापछि निभाइएको थियो ।
यसैबीच, क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए । आगलागीको कारण खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4