पाकिस्तानका विदेशमन्त्री इशाक डार
News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताए।
- डारले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुनः खुला गरेको दाबी गरे।
- इरान र अमेरिकाबीच पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो । अब अर्को चरणको वार्ता पनि चाँडै हुने अपेक्षा गरिएको छ।
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् ।
तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताएका हुन् ।
उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । उनले सम्झौता भएमा विश्वलाई नै फाइदा हुने बताए ।
बीबीसी उर्दूका अनुसार डारले दुवै पक्ष बाँकी मतभेद अन्त्य गर्ने प्रयासमा रहेको बताए । उनले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुन: खुला गरेको दाबी पनि गरे ।
डारले बाँकी वार्ता पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे। साथै, दुई देशबीच वार्ताको अर्को चरण चाँडै हुने अपेक्षा गरिएको छ ।
पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4