+
+
WC Series
Nepal
122/8 (18.5)
VS
UAE
0/0
Shares

७० प्रतिशतले घट्यो लसुन आयात

गत आव साढे ६ अर्ब रुपैयाँ नजिक लसुन आयात भएकोमा यस वर्ष परिमाण र मूल्य दुवैमा करिब ७० प्रतिशतको संकुचन देखिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा लसुन आयात ७० प्रतिशतले घटेको छ।
  • यस वर्ष भारत र चीनबाट १४ हजार ४ सय ६५ टन लसुन आयात भएको छ, जुन गत वर्षको ४९ हजार ११ टनभन्दा कम हो।
  • गत वर्षको तुलनामा चालु वर्ष लसुन आयातबाट राजस्व संकलन १ अर्ब ६६ करोडबाट ४८ करोडमा झरेको छ।

७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन-चैत) मा नेपालमा लसुन आयात ७० प्रतिशतले घटेको छ ।

गत आव साढे ६ अर्ब रुपैयाँ नजिक लसुन आयात भएकोमा यस वर्ष परिमाण र मूल्य दुवैमा करिब ७० प्रतिशतको संकुचन देखिएको हो ।

चालु वर्ष ९ महिनामा नेपालमा भारत र चीनबाट १ अर्ब ९८ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको जम्मा १४ हजार ४ सय ६५ टन ताजा लसुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

गत आव २०८१/८२ सोही अवधिमा नेपालमा भारत र चीनबाट ६ अर्ब ४५ करोड ८ लाख ३९ हजार बराबर ४९ हजार ११ टन लसुन भित्रिएको थियो ।

तथ्यांक तुलना गर्दा गत वर्षभन्दा यस वर्ष लसुन आयात परिमाण ३४ हजार ५ सय ४६ टनले घटेको छ । प्रतिशतका आधारमा हेर्दा यो ७०.४८ प्रतिशतको गिरावट हो ।

गत वर्ष ९ महिनामा लसुन आयातबाट सरकारले १ अर्ब ६६ करोड ४४ लाख ६१ हजार राजस्व संकलन गरेको थियो । चालु आव ४८ करोड ४२ लाख ५२ हजार संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?