News Summary
Generated by OK AI. Editorially reviewed.- कार्ल्सबर्ग ग्रुपले डब्लूडब्लूएफ डेनमार्कसँगको साझेदारीमा नेपालमा जलस्रोत संरक्षण र पानीको दिगो व्यवस्थापनमा ध्यान सुदृढ बनाएको छ।
- सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने तीन वर्षीय योजनामा सिमसार क्षेत्र पुनर्स्थापना र पानीको उपलब्धता सुधार गर्ने लक्ष्य राखिएको छ।
- कम्पनीले नेपाललाई प्राथमिकता बजार मान्दै १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै दिगो विकास र स्थानीय उत्पादन सुदृढीकरणमा जोड दिएको छ।
९ वैशाख, काठमाडौं । कार्ल्सबर्ग ग्रुपले नेपालमा जलस्रोत संरक्षणमा आफ्नो ध्यान अझ सुदृढ बनाएको छ। डब्लूडब्लूएफ डेनमार्कसँगको साझेदारी मार्फत कम्पनीले पानीको दिगो व्यवस्थापनमा जोड दिएको हो ।
ब्रुअरी उद्योगका लागि पानी अत्यन्त महत्त्वपूर्ण स्रोत भएकाले कम्पनीले पानीको दक्ष उपयोगसँगै भू–जल पुनर्भरण र सिमसार क्षेत्र पुनर्स्थापनामा काम अघि बढाएको जनाएको छ। यी प्रयासहरू दीर्घकालीन वातावरणीय दिगोपन सुनिश्चित गर्ने रणनीतिक योजनाअन्तर्गत सञ्चालन भइरहेका छन् ।
सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने तीन वर्षीय योजनाअन्तर्गत देशका विभिन्न क्षेत्रमा बिग्रिएका सिमसार क्षेत्र पुनर्स्थापना र पानीको उपलब्धता सुधार गर्ने लक्ष्य राखिएको कार्ल्सबर्गले जनाएको छ । यसले नदी–नालाको तहसम्म पानीको दीर्घकालीन सन्तुलन कायम गर्न सहयोग पुग्ने छ।
ुउक्त कार्यक्रम डब्लूडब्लूएफ वाटर रिस्क फिल्टरको मार्गदर्शनमा सञ्चालन भइरहेको छ, जसले कम्पनीका सञ्चालन र आपूर्ति शृंखलामा पानीसँग सम्बन्धित जोखिम पहिचान र व्यवस्थापनमा तथ्यमा आधारित दृष्टिकोण अपनाउन सहयोग पुर्याउनेछु कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।
नेपाललाई कार्ल्सबर्गले रणनीतिक रूपमा प्राथमिकता प्राप्त बजारका रूपमा लिएको छ । कम्पनीले हालै १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै दिगो विकास, स्थानीय उत्पादन सुदृढीकरण र दीर्घकालीन साझेदारी विस्तारमा जोड दिएको छ।
प्रतिक्रिया 4