+
+
Shares

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीया खजिजा खातुनको मृत्यु भएको छ।
  • दुर्घटना चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको थियो।
  • मोटरसाइकल चालक फरार रहेको र खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेश बहादुर पालले बताए।

१० वैशाख, सिरहा । सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका आज मध्याह्न करिब १२:२० बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेश बहादुर पालको भनाइ छ ।

मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?