+
+
Shares

तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ र २७ जना घाइते भएका छन्।
  • पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो र ३२ जना सवार थिए।
  • घाइते २७ जनालाई पोखरा र मणिपाल अस्पतालमा उपचारका लागि लगिएको छ र ३१ जनालाई जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारामा लगिएको थियो।

११ वैशाख, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ शेराटारमा भएको बस दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने घाइते २७ जनालाई पोखरा रिफर गरिएको छ ।

पोखरादेखि भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस शेरामा दुर्घटना भएको हो । दुर्घटनामा परेका ३१ जना उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियो । बसमा ३२ जना सवार थिए ।

दुर्घटनामा घाइतेको उपचारकै क्रममा २ जनाको ज्यान गएको र उनीहरुको थप परिचय संकलनकै क्रममा रहेको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।
उपचार केन्द्रमै रहेका पत्रकार विनोद ढुंगानाका अनुसार १ जनाको त्यहीँ उपचार भइरहेको छ भने १ जना डिस्चार्ज भइसकेका छन् ।

घाइते २७ जनालाई अस्पताल र आसपासमा उपलब्ध एम्बुलेन्स, शवबहान, ट्याक्सी, माइक्रो लगायतमा गरेर थप उपचारका लागि मणिपाल पु¥याइएको पत्रकार ढुंगानाले जानकारी दिए । घाइतेलाई घटनास्थलबाट स्कुल बसमा अस्पतालसमम पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?