News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउन प्रहरीको बल प्रयोग नगर्ने स्पष्ट पारेको छ।
- शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले डोजर लगाउने योजना नभएको र सेफ ठाउँमा सार्ने काम अघि बढाइएको बताए।
- पोखरेलले बाढीको जोखिम भएका तीनवटा सुकुमवासी बस्ती हटाइने र दीर्घकालीन समाधान गरिने जानकारी दिनुभयो।
११ वैशाख, काठमाडौं । सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुमवासी बस्ती खाली नगर्ने बताएका हुन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
‘जबरजस्ती प्रहरीको बल प्रयोग गरे डोजर लगाउने योजना सरकारको छैन । हामीले उहाँहरूलाई सेफ ठाउँमा त्यताबाट सार्न सरकारले काम अघि बढाएको हो,’ उनले भने ।
पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको पनि उनले बताए ।
‘वास्तवमा तीनवटा सुकुमवासी बस्ती जहाँ विगतमा बाढी आउँथ्यो,’ पोखरेलले भने, ‘बाढी आएपछि ज्यान बचाउन भाग्नुपर्ने अवस्था यसअघि विभिन्न वर्षमा आएका थिए ।
देशका सबै ठाउँका सुकुमवासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुमवासीमाथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा उनले राखे ।
पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्काका तीन वटा सुकुमवासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि बताए ।
प्रतिक्रिया 4