+
+
Shares

१० किलोभन्दा कम ‘बेकरी सर्टेनिङ’ बिक्रीमा रोक, १५ दिनभित्र बजारबाट उठाउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १० किलोभन्दा कम तौलका प्याकेटमा बेकरी सर्टेनिङको उत्पादन र बिक्री वितरण पूर्ण रूपमा रोक लगाएको छ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १५ दिनभित्र बजारमा रहेका १० किलोभन्दा कम तौलका बेकरी सर्टेनिङ फिर्ता गर्न निर्देशन दिएको छ।
  • नियम उल्लंघन गर्ने उद्योग वा व्यक्तिलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानुनी कारबाही गरिने विभागले बताएको छ।

१५ वैशाख, काठमाडौं । सरकारले १० किलोभन्दा कम तौलका प्याकेटमा बेकरी सर्टेनिङको उत्पादन तथा बिक्री वितरण पूर्ण रूपमा रोक लगाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै सम्बन्धित उद्योगहरूलाई यस्तो निर्देशन दिएको हो ।

विभागले सोमबार गरेको निर्णयानुसार अबदेखि कुनै पनि उद्योगले १० किलोभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ र बिक्री वितरण गर्न पाउने छैनन् ।

यसका साथै, सरकारले हाल बजारमा गइसकेका त्यस्ता उत्पादनहरू तुरुन्त फिर्ता गर्न पनि १५ दिने अल्टिमेटम दिएको छ ।

‘बजारमा बिक्री वितरणमा रहेको १० किलोभन्दा कम तौलको बेकरी सर्टेनिङ यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बजारबाट फिर्ता गरी विभाग र उद्योग रहेको क्षेत्रको विभाग मातहतको कार्यालयमा जानकारी गराउनु पर्नेछ,’ सूचनामा उल्लेख छ ।

विभागको यो निर्देशनलाई अटेर गरेर सूचनाको बर्खिलाप हुने गरी कसैले सानो तौलका बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ वा बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने चेतावनी समेत दिइएको छ ।

नियम उल्लंघन गर्ने उद्योग वा व्यक्तिलाई ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कानुनी कारबाही हुने विभागले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?