+
+
Shares

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैन : योगेन्द्र कुँवर

विश्वभरिका श्रमिकहरूले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारले निमोठ्न नसक्ने अध्यक्ष कुँवरले तर्क थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताए।
  • कुँवरले सरकारले भ्रमवश ट्रेड युनियन अधिकार खारेज गर्ने भए पनि त्यसको कार्यान्वयन हुन नसक्ने जिकिर गरे।
  • उनले सरकारले अधिकार खारेज गर्ने प्रयास गरे अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने चेतावनी दिनुभयो र राष्ट्रिय श्रम आयोग गठन गर्न आग्रह गरे।

१८ वैशाख, काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् ।

१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विश्वभरिका श्रमिकहरूले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारले निमोठ्न नसक्ने अध्यक्ष कुँवरले तर्क थियो ।

उनले सरकारले भ्रमवश ट्रेड युनियन अधिकार खारेज गर्ने भने पनि त्यसको कार्यान्वयन हुन नसक्ने जिकिर पनि गरे ।

सरकारले त्यसलाई खारेज गर्ने प्रयास गरेर आफूहरुले सरकारलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने अध्यक्ष कुँवरको चेतावनी थियो । उनले राष्ट्रिय श्रम आयोग गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?