News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउनेक्रममा एक महिला बेहोस भएकी छन्।
- प्रहरीले बेहोस भएकी महिलालाई उपचारका लागि एम्बुलेन्सको सहयोगमा अस्पताल पठाएको जनाएको छ।
- बल्खुमा खाली गरिएको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा ६१ वर्षीय ईन्द्रबहादुर राई मृत फेला परेका छन्।
१८ वैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउनेक्रममा एक महिला बेहोस भएकी छन् ।
प्रहरीले बेहोस भएकी ती महिलालाई उपचारका लागि एम्बुलेन्सको सहयोगमा अस्पताल पठाइएको जनाएको छ । बेहो भएकी महिला रेखा कुँवर हुन् ।
त्यस्तै बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्तीनजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बागमती खोलामा मृत भेटिएका हुन् ।
मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4