+
+
Shares

बल्खु सुकुमवासी घटना : घटनास्थलमा मुचुल्का गरेर पोस्टमार्टमका लागि लगियो शव

परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा ५५/६० वर्षका पुरुषको शव फेला परेको छ।
  • शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
  • शव इन्द्रबहादुर राईको रहेको पुष्टि भएको छ, जो बल्खु सुकुमवासी बस्तीमा बस्ने परिवारका सदस्य थिए।

१८ वैशाख, काठमाडौं । आज खाली गरिएको बल्खुस्थित सुकुमवासी बस्ती नजिकैको बागमती नदीमा फेला परेको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

घटनास्थल मुचुल्काको काम सकेर शव पोस्टमार्टमका लागि प्रहरीले लगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिने छ ।

प्रहरीका अनुसार अन्दाजी ५५/६० वर्षका पुरुष व्यक्ति मृत भेटिएका हुन् । उनी खोटाङ घर भई बल्खु क्षेत्रमा बस्दै आएका इन्द्रबहादुर राई रहेको बताइएको छ ।

परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए । बिहान त्यसो भनेर निस्केका उनी दिउँसो मृत भेटिएको श्रीमती सरिता राईले बताएकी छिन् ।

यसबारे प्रहरीले भने बुझ्ने काम भइरहेको बताएको छ । एसपी भट्टराईका अनुसार इन्द्रबहादुरको परिवार पनि बल्खुको सुकुमवासी बस्तीमा बस्थ्यो ।

तर इन्द्रबहादुुर प्रहरीको सर्म्पकमा नहुने, कहिले कता बस्ने कहिले बस्ने गरेको बताउँछन् ।

‘परिवार बल्खुको सुकुमवासी बस्तीमा बस्ने रहेछ । उहाँ (इन्द्रबहादुर) भने परिवारको सम्पर्कमा नहुने भन्ने बुझिएको छ । उहाँ बस्ने ठाउँको पनि ठेगान नरहेको भन्ने सुनेका छौं । बाँकी विस्तृत बुझ्ने काम हुँदैछ,’ एसपी भट्टराईले भने ।

यता श्रीमती सरिताले भने बिहान मात्रै घरबाट निस्केको बताएकी छिन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा लामो समयदेखि बस्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?