+
+
Shares

आख्यानकार शरणलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्रलाई प्रतिभा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आख्यानकार शरण राईलाई भोजपुर प्रतिभा सम्मान र लोक गायक तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गरेको छ।
  • धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा आयोजित समारोहमा राईलाई नगद १५ हजार र गन्धर्वलाई नगद ३५ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला प्रदान गरिएको हो।
  • अग्रज साहित्यकार बम देवान र प्रतिष्ठान अध्यक्ष काङ्माङ नरेशले राई र गन्धर्वलाई सम्मान पत्र प्रदान गरेका थिए।

१८ वैशाख, सुनसरी । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले आख्यानकार शरण राईलाई भोजपुर प्रतिभा सम्मान र लोक गायक तेजेन्द्र गन्धर्वलाई प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयको सभाकक्षमा शुक्रबार आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा राईलाई नगद १५ हजार रुपैयाँसहित ताम्रपत्र दोसल्लासहित प्रतिभा सम्मान र गन्धर्वलाई नगद ३५ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले पुरस्कृत गरिएको हो ।

पूर्वका लेखक, कवि साहित्यकाहरूको माझ राई र गन्धर्वलाई अग्रज साहित्यकार बम देवान र प्रतिष्ठानका अध्यक्ष काङ्माङ नरेशले सम्मान पत्र प्रदान गरेका थिए ।

शरण राईको आधा दर्जन आख्यान र लघुकथा संग्रह प्रकाशित छन् भने सारङ्‍गीवादक गन्धर्वका तीन दर्जन लोक भाकाका गीतहरू रेकर्डिङ भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?