+
+
Shares

नेपाललाई भारतको जवाफ : लिपुलेक हुँदै मानसरोवर जाने बाटो पुरानो हो, नयाँ विषय होइन

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते २३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको र सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग भएको जवाफ फर्काएको छ।
  • भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार्य रहेको बताएको छ।
  • भारतले सीमा विवाद समाधानका लागि नेपालसँग संवाद र कूटनीतिमार्फत रचनात्मक छलफल गर्न तयार रहेको उल्लेख गरेको छ।

२० वैशाख, काठमाडौँ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ ।

भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताएका छन्।

उनले भनेका छन्, ‘लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो र यो कुनै नयाँ विषय होइन ।’

भारतले नेपालका केही भू–भाग सम्बन्धी दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको पनि बताएको छ।

साथै, भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा, विशेष गरी सीमा विवाद समाधानका लागि, संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि जनाएको छ।

आजमात्रै परराष्ट्र मन्त्रालयले दुवै देशलाई कूटनीतिक नोट पठाएर यसबारे ध्यानाकर्षण गराएको हो । भारतले नेपालले पत्र पठाएको केही घण्टामै यसबारे जवाफ फर्काएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?