News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचखाल नगरपालिकाले कृषि उत्पादन प्रवर्द्धन गर्न दुई दिने कृषि मेला आयोजना गरेको छ।
- मेलामा आईपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजहरूको प्रदर्शनी, बिक्री र प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन भएको छ।
- नगर प्रमुख महेश खरेलले पाँचखालको तरकारी सेमी आर्ग्यानिक भएको र १ हजार २०० कृषकलाई आईपीएम तालिम दिइएको जानकारी दिनुभयो।
२६ वैशाख, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकालाई “कृषि शहर”को रूपमा विकास गर्ने उद्देश्यसहित कृषि उत्पादनको प्रवर्द्धन गर्न २ दिने कृषि मेला आयोजना गरिएको छ ।
पाँचखाल नगरपालिका र लवग्रीन नेपालको संयुक्त आयोजनामा स्थानीय कृषकका उत्पादनलाई बजारसँग जोड्ने तथा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कृषि मेलामा आईपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजहरूको प्रतिस्पर्धात्मक कार्यक्रम संचालन भएको थियो ।
मेलाको पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले उद्घाटन गरे । खरेलले पाँचखाल नगरपालिका कृषि शहर भएको पालिका रहेको भन्दै यहाँको तरकारीमा बिषादी न्युन रहेको बताए ।
पाँचखालको तरकारीमा अत्याधिक बिषादी भएको भनेर हल्ला चलाइए पनि अहिले पाँचखालको तरकारी सेमी आर्ग्यानिक भएको जानकारी दिए । बिषादीको भ्रम चिर्न लवग्रीन नेपालसगंको सहकार्यमा पाँचखाल नगरपालिकाका १ हजार २ सय भन्दा बढी कृषकहरुलाई आई पिएम पद्धतिबाट तरकारी खेती गर्न तालिम प्रदान गरिएको र उक्त प्रबिधि मार्फत तराकारी अर्गानिक तर्फ गएको नगरप्रमुख खरेलले जानकारी दिए । पाँचखालमा कृषकहरुकै अगुगाईमा साप्ताहिक कृषि हाट बजार शुरु गर्न आग्रह गर्दै त्यसको सहजीकरण नगरपालिकाले गर्ने जानकारी दिए ।
‘यस्ता मेलाले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउनुका साथै कृषकलाई प्रोत्साहन मिल्ने भएकोले कृषकहरुकै अगुगाईमा साप्ताहिक कृषि हाट बजार संचालनमा नगरपालिकाले सहजीकरण गर्छ,’ खरेलले भने ।
लवग्रीन नेपालका महासचिव राजिव रत्न शाक्यले पाँचखाल नगरपालिकामा विगत ९ वर्ष देखी आईपिएम सम्बन्धी काम गर्दै आएको बताए । पाँचखाललाई आईपिएम तालिम मार्फत स्वस्थ तथा सुरक्षित कृषि उत्पादनलाई प्रोत्साहन गर्दै मानव स्वास्थ्य संरक्षण, उत्पादन वृद्धि र कृषकको आम्दानी अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिए ।
कृषि मेलमा बाली शिबिर संचालन, रैथाने उत्पादनहरुको प्रदर्शनी र बिक्रि, कृषि उपजहरुको प्रतिस्पर्धात्मक कार्यक्रम, कृषक र कृषक समुहहरुसंग प्रत्यक्ष सम्वाद, आईपिएम पद्धतिद्धारा उत्पादित कृषि उपजहरुको प्रर्दशनी तथा बिक्रि, पाँचखाल नगरपालिकामा उत्पादित आलु लगाएत अन्य उपजहरुको परिकार लगायत प्रदर्शनीमा राखिएको लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञावालीले जानकारी दिए ।
प्रतिक्रिया 4