+
+
Shares

चौदण्डीगढी नगरपालिकामा छुवाछूतमुक्त पालिका घोषणा अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २६ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको चौदण्डीगढी नगरपालिकाले जातीय विभेद तथा छुवाछूतमुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरेको छ।
  • नगर प्रमुख कालुमान लामाले औपचारिक रूपमा छुवाछूतमुक्त नगरपालिका घोषणा गरेका छन्।
  • नगरपालिकाले जातीय विभेद अन्त्यका लागि दलित सशक्तीकरण ऐन पारित गरिसकेको छ।

२६ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जातीय विभेद तथा छुवाछूतमुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरिएको छ ।

‘हाम्रो सरोकार, हाम्रो प्रतिबद्धता : जातीय छुवाछुत मुक्त चौदण्डीगढी नगरपालिका’ भन्ने नारासहित चौदण्डीगढी नगरपालिकाले जातीय भेदभाव तथा छुवाछूतमुक्त पालिका घोषणा कार्यन्वयन अभियान सुरु गरेको हो ।

शनिबार पालिकाको केन्द्र बेल्टार बजार स्थित बसपार्कमा आयोजित कार्यक्रम मार्फत पालिकालाई “जातीय विभेद तथा छुवाछूतमुक्त नगरपालिका घोषणा कार्यान्वयन अभियान” को आयोजना गरिएको हो ।

कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरलाई औपचारिक रूपमा छुवाछूतमुक्त घोषणा गरे ।

यसको प्रभावकारी कार्यान्वयनका लागि सबै वडा, सबै टोलविकास संस्था र जिम्मेवार निकायको पूर्ण सहयोग आवश्यक रहेको उनले बताए ।

उनले जातीय विभेद र छुवाछुत अन्त्य गर्न नगरपालिकाले दलित सशक्तीकरण ऐन समेत पारित गरिसकेको समेत जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले जातीय विभेद अन्त्यका लागि स्थानीय तह, राजनीतिक दल, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?