News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका संयोजक एवम पूर्वप्रधानमन्त्री प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको बताएका छन्।
- प्रतिनिधिसभाको बैठकमा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीसँग दह्रो सहकार्य गरेको र ठूला माफियाविरुद्ध कारबाही गरेको उल्लेख गरे।
- प्रचण्डले पुराना र नयाँको भाष्यले विभाजन मात्र खडा गर्ने र सही र गलतको बहसले नयाँ एकताको आधार बनाउने बताए।
२९ वैशाख, काठमाडौं । नेकपाका संयोजक एवम पूर्वप्रधानमन्त्री प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै उनले पुराना नेता र पुराना पार्टीका नाममा गलत भाष्य बनेको बताएका हुन् ।
‘पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् । र, त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ । त्यही हो त सत्य ? होइन,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त त्यो झन् हुँदै होइन । अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख विपक्षी दलको नेताका रूपमा पनि रास्वपासँग दह्रो सहकार्य गरेँ । दह्रो सहकार्य ।’
प्रचण्डले त्यसबेला सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र ठूला माफियाविरुद्धको कारबाही गरेको उल्लेख गरे ।
प्रचण्डले पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको बताए । ‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो । पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजनको आधार मात्र खडा गर्दछ,’ उनले भने, ‘सही र गलतको बहसले गति, रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।’
प्रतिक्रिया 4