News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ परेका छन्।
- पाण्डे मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका थिए र उनलाई काठमाडौं ल्याइएको छ।
- पाण्डेविरुद्ध ठगी तथा आपराधिक विश्वाघातको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
३० वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उनलाई सिन्धुलीबाट पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार उनी मोबाइल अफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
केही दिनदेखि निगरानी गरिरहेको सीआईबीले पाण्डे मोबाइल अफ गरेर भाग्दै गरेको सूचना पाएको थियो । उनी सिन्धुली पुगिसकेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पाण्डेलाई पक्राउ गरिएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ बपार्कस्थित मदन भण्डारी रार्जमार्गबाट राति ८ बजे उनलाई पक्राउ गरिएको हो । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ ।
काठमाडौंको रक्तकाली ठेगाना भइ ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी श्रेष्ठले बताए ।
उनी लोन रिकभरी कमिटीको अध्यक्ष समेत थिए । उक्त हैसियतमा उनले लिलामी प्रक्रियामा संलग्न हुँदखै आएको बताइएको छ ।
दूरसञ्चार प्राधिकरण जमलबाट २ वैशाख २०७० मा दूर सञ्चार सञ्चालन गर्नका लागि आधारभूत टेलिफोन सेवाको अनुमति लिई सञ्चाालन भएको स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमति नवीकरण नगरेको कारण अनुमतिपत्र रद्द भएको थियो ।
दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ उनले काम गरेको सीआईबीले बताएको छ ।
प्रतिक्रिया 4