News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाह संसद्मा नीति तथा कार्यक्रमको जवाफ दिन उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन्।
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले बैठक छाडेर बाहिरिएका छन्।
- विपक्षीहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
३० वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।
सो पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका छन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।
आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।
उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4