१ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायका लागि पलाएको आशा, भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।
गीतमा दिपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समीर खरेल, सदिच्छा कट्टेल, सविन सुवेदी र बेनिसा पौडेलको स्वर रहेको छ । गीतको भिडियोमा आर्यन सिग्देल, सविन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापा लगायतका कलाकारहरूले अभिनय रहेको छ ।
किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ ।
कार्कीको शब्द रचनामा यसअघि केही गीत सार्वजनिक भइसकेका छन् ।
प्रतिक्रिया 4