News Summary
Generated by OK AI. Editorially reviewed.- एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन 'स्क्यानमा सुन' उपहार योजना सार्वजनिक गरेको छ।
- यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल २०२६ को खेल अवधिभर सञ्चालन गरिने कम्पनीले जनाएको छ।
- यस अभियानमा सहभागी ३ जना विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिनेछ।
४ जेठ, काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यानमा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ ।
फुटबलप्रेमी तथा ग्राहकलक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहक गोलाप्रथामा सहभागी हुन सक्नेछन् ।
यस अभियानमार्फत सहभागीहरूमध्ये ३ जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ ।
विश्वकप फुटबल २०२६ को विश्वव्यापी उत्साहलाई नेपाली बजारसँग जोड्दै ग्राहकलाई थप उत्साहित र सहभागी बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीको भनाइ छ । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले विगतदेखि नै युवा लक्षित विभिन्न नविनतम अभियान सञ्चालन गर्दै आएको छ भने यस अभियानले पनि बजारमा थप उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ । अभियान सम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया 4