+
+
Shares

गुण्डुमा एमाले सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक ४ जेठमा भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ।
  • बैठकमा स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी रहेको छ।
  • अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव पेस गर्ने र त्यसमा छलफल गरी निर्णय गर्ने एमालेले जनाएको छ।

४ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरदेखि बैठक बसिरहेको हो ।

बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी रहेको छ ।

११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले नेताहरूको कार्यविभाजन गरेको छैन ।

आजको बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल गरी निर्णय गर्ने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?