६ जेठ, काठमाडौं । सशस्त्र प्रहरीमा धमाधम बढुवा गरिएको छ । डीएसपीदेखि एआईजी दर्जासम्म बढुवा सिफारिस भएका छन् ।
डीआईजी अञ्जनी कुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
साधारण समूह तर्फका एसएसपी राजेन्द्र खड्का डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । उनी डीआईजीमा सिफारिस भएपछि उक्त ठाउँमा साधारण समूहतर्फका एसपी सञ्जय भट्टराई एसएसपी बढुवामा सिफारिस भएका छन् ।
कानून समूहका एएसएसपी युवराज अर्याल डीआईजी बढुवामा सिफारिस भएका छन् । अर्याल डीआईजीमा सिफारिस भएपछि उक्त ठाउँमा कानून समूहकै एसपी छविलाल पाण्डे एसएसपीमा बढुवा सिफारिस भएका छन् ।
प्राविधिक सञ्चार तर्फ इन्जिनियरिङतर्फका तीन डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरिएको छ । सौरभराज वन्त, ज्ञानेन्द्र राजभण्डारी, अजित मास्के सिफारिस भएका छन् ।
लेखा समूहतर्फका २ इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस भएका छन् । विजय कुमार केसी र विकाश थापा डीएसपीमा बढुवा सिफारिस भएका हुन् ।
प्राविधिक स्वास्थ्य समूहतर्फका दुई डीएसपी एसपी बढुवामा सिफरिस भएका छन् । जसमा डा. स्वेता श्रेष्ठ र डा. उत्तम कार्की छन् ।
साधारण समूहकै डीएसपीद्धय राजकुमार ढकाल र गणेशबहादुर मल्ल एसपी बढुवाका लागि सिफारिस भएका छन् ।
प्रतिक्रिया 4