News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी र व्यापारीहरूले जिरोमाइल चोकमा चक्काजाम गरी प्रदर्शन गरेका छन् ।
- सरकारले २१ वैशाख २०८३ को राजपत्रमा सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।
११ जेठ, सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् ।
छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले आज चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय आन्दोलित बनेका हुन् ।
यसअघि २५ वैशाखदेखि २७ वैशाखसम्म उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4