+
+
Shares

कागजात नष्ट हुँदा आवश्यक प्रमाण जुटाउन कठिन भएको छ : सचिव राउत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १६:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटमा आवश्यक प्रमाण जुटाउन कठिन भएको बताए ।
  • सचिव राउतले विगतमा करिब दुई वर्षसम्म कायम रहेको कानूनी अस्पष्टताका कारण पनि बेरुजु रकम वृद्धि भएको उल्लेख गरे ।
  • मन्त्रालयले अहिले कानूनबमोजिम बेरुजु फर्स्यौट समिति गठन गरी नियमित रूपमा फर्स्यौटको कामलाई तदारुकताका साथ अगाडि बढाएको छ ।

११ जेठ, काठमाडौं । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताएका छन् ।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले विगतका केही महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटको काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिए ।

उनकाअनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ । यसले बेरुजु फर्स्यौटको काम प्रभावित भएको छ ।

‘केही यो कागजातहरू नष्ट भएको कारणले पनि पछिल्लो समयमा आवश्यक कागज–प्रमाणहरू पूरा गर्न नसकेर रहेको छ, अलिकति अहिलेको समस्या भनेको त्यही हो,’ उनले भने, ‘त्यसपछि कतिपय फाइल चाहिँ महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि त्यो विविध कारणले अहिले रोकिएको अवस्था छ र यो बेरुजुको रकम अलिकति बढ्नुमा विगतमा हाम्रो लगभग दुई वर्षजति कानुनी अस्पष्टताको कारणले पनि यो फर्स्योट हुन नसकेको कारणले बढेको हो ।’

सचिव राउतले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको बताए ।

कानुनी अन्योलका कारण समयमा फर्स्यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उनको भनाइ थियो ।

‘अब अहिले हामी मन्त्रालयले कानुनमा तोकिए बमोजिमको ‘बेरुजु फर्स्योट समिति’ नै गठन गरेर नियमित रूपमा मन्त्रालय र अन्तर्गतका निकाय प्रमुख र लेखा प्रमुखहरूको छलफल गरेर त्यो अनुसार बेरुजु फर्स्यौटलाई तदारुकताका साथ अगाडि बढाइरहेका छौं,’ उनले भने ।

हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फर्स्यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?