News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालकी ट्रान्स महिला निलम पौडेलले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
- योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला बनेकी छिन् ।
- पौडेलले भनिन्, "यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो ।"
११ जेठ, काठमाडौं । नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् । उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् ।
यस आरोहणलाई वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीकका रूपमा उनले लिएकी छिन् ।
‘यो सफलता मेरो मात्र होइन, आफूलाई कहिल्यै स्वीकार नगरिएको महसुस गर्ने सबै मानिसहरूको हो,’ उनले भनेकी छिन् ।
साथै उनको यो सफलतालाई युवा, मानवअधिकारकर्मीह तथा ट्रान्स समुदायले समावेशी र समानताको दिशामा महत्त्वपूर्ण कदमको रूपमा स्वागत पनि गरेका छन् ।
त्यस्तै विविधता, साहस र खुलापनका साथ जीवन जिउने हक्को प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गर्ने उक्त समुदायको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4