News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले प्रतिनिधिसभा बैठकमा आफूले प्रयोग गरेको 'तमासा' भन्ने शब्द असंसदीय नभएको प्रष्टीकरण दिएका छन् ।
- नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रतिपक्षको विरोधलाई लक्षित गरी प्रयोग गरिएको सो शब्द अपमानजनक र असंसदीय भएको भन्दै नियमापत्ति जनाएका थिए ।
- सांसद खरेलले संसद्मा आफ्नो स्पष्टीकरण दिँदै 'तमासा भन्ने शब्द असंसदीय होइन' भनी जिकिर गरे ।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तमासा भन्ने शब्द असंसदीय नभएको प्रष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सांसद खरेलले विपक्षी दलहरूको विरोधलाई इंगित गर्दै तमासा भन्ने शब्द प्रयोग गरेका थिए । यसप्रति दोस्रो बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले नियमापत्ति गरेका थिए ।
‘जगदीश खरेलज्यूले प्रतिपक्षको विरोधलाई जे शब्दले इंगित गर्नुभएको छ, तमासा देखाएको भन्ने । त्यो शब्द अपमानजनक छ, असंसदीय छ, संसदीय रेकर्डबाट हटाइयोस्,’ सांसद मल्लले भने ।
मल्ल बोले लगत्तै सभामुख डीपी अर्यालले रास्वपा सांसद खरेललाई प्रष्टीकरणको मौका दिए ।
त्यसक्रममा खरेलले तमासा भन्ने शब्द असंसदीय नभएको बताएका हुन् ।
‘तमासा भन्ने शब्दलाई अश्विल र अशिष्ट भन्नुभयो । नेपाली शब्दकोष हेर्ने हो भने तमासाको अर्थ हुन्छ हल्ला खल्ला वा अनावश्यक कोलाहल । यो शब्द कहीँ कतैबाट पनि मर्यादा विपरीत रहँदैन्,’ उनले भने ।
आफूले विधेयकमा छलफल भइरहँदा हल्ला भइरहेकोले आफूले तमासा शब्द प्रयोग गरेको बताए । उनले भनेका छन्, ‘तमासा भन्ने शब्द असंसदीय होइन ।’
प्रतिक्रिया 4