+
+
Shares

गुणस्तर इजाजत लिने उद्योग ५७६ पुगे, ३७१ ले पाए एनएस चिह्न

चालु आर्थिक वर्ष फागुन मसान्तसम्म मात्रै थप ३७ वटा नयाँ नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गर्ने उद्योगको संख्या ३७१ पुगेको छ ।
  • चालु आर्थिक वर्षको फागुनसम्म थप ३७ नयाँ नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएसँगै कुल मापदण्डको संख्या १ हजार १८२ पुगेको छ ।
  • सरकारले गुणस्तर चिह्न प्राप्त उद्योगबाट २ सय २९ वटा नमुना संकलन गरी परीक्षण गरेको छ ।

१३ जेठ, काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकमा वस्तु तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने मापदण्ड र गुणस्तर चिह्न प्राप्त गर्ने उद्योग संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सर्वेक्षणको फागुन मसान्तसम्मको तथ्यांकले औद्योगिक उत्पादनको गुणस्तर सुधार र नियमनमा प्रगति देखाएको छ ।

आर्थिक सर्वेक्षण अनुसार २०८२ फागुनसम्म स्वीकृत भएका नेपाल गुणस्तरको संख्या १ हजार १ सय ८२ पुगेको छ । चालु आर्थिक वर्ष फागुन मसान्तसम्म मात्रै थप ३७ वटा नयाँ नेपाल गुणस्तर मापदण्ड स्वीकृत भएका छन् ।

३७१ उद्योगले पाए एनएस चिह्न

मुलुकभरि नेपाल गुणस्तर प्रमाण चिह्न (एनएस) प्राप्त गर्ने उद्योग संख्या ३ सय ७१ पुगेको छ । सर्वेक्षणका अनुसार हालसम्म ५ सय ७६ उद्योगले विभागबाट इजाजतपत्र प्राप्त गरेका छन् ।

चालु आव ८ महिना (फागुन) सम्म मात्रै थप ७३ वस्तुले एनएस प्राप्त गर्न सफल भएका छन् ।

बजारमा गुणस्तरीय वस्तु उपलब्धता सुनिश्चित गर्न सरकारले अनुगमन र परीक्षणलाई तीव्रता दिएको छ । गुणस्तर चिह्न प्राप्त गरेका उद्योगबाट २ सय २९ वटा नमुना संकलन गरी परीक्षण गरिएको छ ।

यसै अवधिमा विभिन्न वस्तुका ६ सय ८० नमुनाको रासायनिक तथा भौतिक परीक्षण र विश्लेषण सम्पन्न भएको सर्वेक्षणले देखाएको छ । साथै, नापतौलको शुद्धता कायम गर्न ५३ वटा नापतौल यन्त्रको क्यालिब्रेसन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?