+
+
Shares

शिक्षामा प्रणालीगत सुधार, उच्च शिक्षाको कोटामा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा क्षेत्रको प्रणालीगत सुधार र शिक्षकको क्षमता परीक्षण गर्ने घोषणा गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवप्रवर्द्धन र सिपमूलक शिक्षा केन्द्रित गर्दै 'शैक्षिक पूर्वाधार विकास गर्ने,' बताए ।
  • चिकित्सा, नर्सिङ र सूचना प्रविधिसहितका उच्च शिक्षाका कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी वृद्धि गरिने भएको छ ।

१५ जेठ, काठमाडौं । सरकारले शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‍मा बजेट प्रस्तुत गर्दै शिक्षकको क्षमता परीक्षण गर्ने बताए ।

नवप्रवर्द्धन र सिपमूलक शिक्षा केन्द्रित हुने उनले घोषणा गरे । ‘शैक्षिक पूर्वाधार विकास गर्ने,’ उनले भने ।

शैक्षिक संस्थाको शौचालय सफा गर्ने योजना पनि सरकारले ल्याएको छ । उच्च शिक्षाको कोटमा पुनरावलोकन गरी वृद्धि गर्ने घोषणा अर्थमन्त्री वाग्लेले बताए ।

चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पूरानवलोकन गरी उल्लेख्यीय वृद्धि गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?