+
+
Shares

लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन

नेपाल सरकारले लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:२९

१५ जेठ, काठमाडौं । नेपाल सरकारले लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषणमा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन गरिएको जानकारी दिए ।

यस्तै, आफ्नो व्यवसायिक क्रियाकलापलाई विस्तार गर्न भर्सक नेपालमा दर्ता भएका सामाजिक सञ्जालको प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारको रणनीति छ ।

‘नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यवसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?