News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आर्थिक विधेयकमार्फत क्यासिनोको वार्षिक रोयल्टी ५ करोडबाट बढाएर ५ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।
- आधुनिक मेशिन वा उपकरणबाट खेलाइने क्यासिनो खेलको वार्षिक रोयल्टी १ करोड ५० लाखबाट वृद्धि गरी ३ करोड पुर्याइएको छ ।
- भदौको आन्दोलनमा क्षतिग्रस्त भएका क्यासिनोहरूलाई सञ्चालन नभएको अवधिको रोयल्टी र नवीकरण शुल्क छुट दिइएको छ ।
१६ जेठ, काठमाडौं । सरकारले आर्थिक विधेयकमार्फत क्यासिनो रोयल्टी वृद्धि गरेको छ ।
चालु आवको विधेयकमा नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरेवापत वार्षिक ५ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने प्रावधान रहेकोमा अब यस्तो रोयल्टी ५ करोड ५० लाख पुर्याइएको छ ।
अर्कोतर्फ आधुनिक मेशिन वा उपकरणको माध्यमाबट मात्र खेलाइने खेलका लागि असहले वार्षिक १ करोड ५० लाख रोयल्टी तिरे हुनेमा अब वृद्धि गरी ३ करोड पुर्याइएको छ ।
गत २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका क्यासिनो व्यवसायलाई सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शूल्क छुट दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4