+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि छानबिन समिति गठन गर्न कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे छानबिन समिति गठनको माग गरेको छ ।
  • सांसद रञ्जित कर्णले नेपालले मिचेको जग्गाको तथ्य २४ घण्टाभित्र सार्वजनिक गर्न वा माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
  • प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा कूटनीतिक छलफलबाट नेपाल–भारत सीमा विवाद समाधान गर्ने बताउनुभएको थियो ।

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिमाथि छानबिन समिति गठनको माग गरेको छ ।

सोमबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद रन्जित कर्णले यस्तो माग राखेका हुन् ।

‘आज यो राष्ट्रिय सभाले विशेष निर्णय गर्नुपर्ने हुन्छ । सम्माननीय प्रधानमन्त्रीजीले बोलेको कुराको कारण के हो ? यसकोबारे छानबिन समिति गठन गर्न म माग गर्दछु’ उनले भने ।

यसअगाडि प्रधनमन्त्री बालेनलाई उनले आफ्नो अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न समेत अल्टिमेटम दिएका छन् ।

‘हिजो प्रधानमन्त्रीजीले प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपालले भारतको केही जग्गा मिचेको कुरा स्वीकार गर्नुभयो’ सांसद कर्णले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीलाई अगा्रह गर्न चाहन्छु – २४ घण्टाभित्र नेपाल सरकारले भारतको कुन–कुन ठाउँमा जग्ग मिचेको जानकारीmगारउन आग्रह गराउन चाहन्छु ।’

अन्यथा, जनतासँग माफी माफी माग्नुपर्ने उनको आग्रह छ । उनले भनेका छन्, ‘यदि तथ्य उपलब्ध गराउन सक्नु भएन भने उहाँले जनताको मागमा सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिका साथ उनले अब दुइटै देशले अध्ययन गरेर र छलफलमा बसेर एउटा साथीको रूपमा समस्या समाधान गर्ने सोच राखेको बताएका थिए ।

यसको विरोध गर्दै कांग्रेसले प्रधानमन्त्रीसँगै जवाफ खोजेको छ र प्रधानमन्त्रीको अभिव्यक्तिबारे छानबिन समिति गठनको माग राखेको हो ।

यसका साथै, राष्ट्रिय सभामा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्नुपर्ने पनि कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?