News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोत्तम पेन्ट्सले आगामी जेठ २८ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ५ हजार ५ सय कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
- इच्छुक आवेदकले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्ताका लागि आगामी असार २ गतेभित्र आवेदन दिन सक्नेछन् ।
- गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ र प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ रहेको छ ।
१९ जेठ, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) आगामी जेठ २८ गतेदेखि खुल्ने भएको छ ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् अंकित मूल्य १ सयका दरले ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको ७ लाख ५ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणका लागि जेठ २८ देखि खुल्न लागेको हो ।
यस आईपीओमा असार २ गतेसम्म आवेदन नि सकिनेछ । न्युनतम १० तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर तथा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिनेछ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ रहेको छ । सो अवधिसम्म सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4