+
+
Shares

फ्रान्सेली नागरिकको अनुभूति समेटिएको ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १६:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखक ददि सापकोटाद्वारा लिखित नेपाल र फ्रान्सबीचको सम्बन्धमा आधारित पुस्तक ‘त्यो नेपाल’ सार्वजनिक भएको छ ।
  • फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित यस पुस्तकमा नेपालसँग आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकका संस्मरणहरू समेटिएका छन् ।
  • लेखक सापकोटाले पुस्तक लेखनका क्रममा फ्रान्सेली नागरिकहरूमा नेपालबारे नेपालीलाई भन्दा बढी अनुभव रहेको पाइएको बताए ।

२४ जेठ, काठमाडौं । ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ ।

लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

आइतबार काठमाडौंमा पुुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरूलाई पनि नभएका अनुभूति भएको बताए ।

उनले केही फ्रान्सेलीहरूले काठमाडौंदेखि हिँडेर धनकुटासम्म पुगेको पाइएको पनि बताए ।

पुस्तकमा नेपाल र फ्रान्सबीचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ ।

अन्तर्वार्तामा आधारित: विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा उतारिएको हो ।

उक्त पुस्तक फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?