0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

भैरहवामा आईएनआईको सातौं मल्टिप्लेक्स सञ्चालनमा, ११ करोड लगानीमा खुल्यो हल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते २०:२०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईएनआई सिनेमाजले भैरहवास्थित भाटभटेनी भवनमा ११ करोड रुपैयाँको लगानीमा आफ्नो सातौं मल्टिप्लेक्स शाखा सञ्चालनमा ल्याएको छ ।
  • दुईवटा अडिटोरियम र ३९६ सिट क्षमता रहेको यस अत्याधुनिक हलको व्यवस्थापन आईएनआई सिनेमाजले गर्ने जनाइएको छ ।
  • यसअघि ६ स्थानमा सेवा विस्तार गरिसकेको यस मल्टिप्लेक्स चेनले यस वर्ष झापा, धनगढी र काठमाडौंमा नयाँ हल सञ्चालन गर्ने तयारी गरेको छ ।

काठमाडौं । तीव्ररुपमा चलचित्र प्रदर्शन व्यवसाय विस्तार गरिरहेको मल्टिप्लेक्स चेन आईआएनआईले भैरहवामा सातौं शाखा सञ्चालनमा ल्याएको छ ।

भैरहवाको भाटभटेनी भवनको पाँचौ तलमा खुलेको हलमा दुईवटा अडिटोरियम छन् । ती दुई अडिटोरियममा गरेर कुल ३९६ वटा सिट छन् । यो अत्याधुनिक हलमा दर्शकले नयाँ दृश्य र ध्वनि प्रविधिसहित फिल्म हेर्न सक्ने आशा आईएनआईले लिएको छ ।

हलमा बार्को लेजर प्रोजेक्टर, पल्ज डीटीएसएक्स साउन्ड, थ्रीडी प्रविधि जडित सिल्भर स्क्रिन रहेको छ । बेलायतबाट फर्किएका युवा आभास कुवँरले झन्डै ११ करोड रुपैयाँको लगानीमा मल्टिप्लेक्स खोलेका हुन् ।

हलको व्यवस्थापन आईएनआईले हेर्ने आईएनआई सिनेमाजका प्रमुख सुरेन्द्र थापाले अनलाइनखबरलाई बताए । आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, आइएनआई व्यवस्थापन र लगानीकर्ताले हलको शुभारम्भ गरे ।

यसअघि आइएनआईले काठमाडौंको गोंगबुस्थित ल्होत्से मल र नयाँ बानेश्वरको एनबी सेन्टरसहित जमलको विश्वज्योति, बुटवलको क्यूबक्स, नवलपरासीको देवचुली र सिमरामा हल सञ्चालनमा ल्याइसकेको छ ।

यसवर्ष आईएनआईले मोफसलका झापा र धनगढीसहित काठमाडौंको एक स्थानमा हल सञ्चालनमा ल्याउने तयारीमा रहेको प्रमुख थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?