News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘टिका’ ले फेवाताल किनारको पामेबाट ४० दिने तालिकासहित आफ्नो छायाङ्कन शुरू गरेको छ ।
- शंकर कार्की निर्देशित यस महिलाप्रधान फिल्मलाई कास्कीमा ३० दिन र बाँकी काठमाडौंमा खिचिनेछ ।
- भविष्य खड्का निर्माता रहेको यो फिल्म आगामी २६ भदौमा प्रदर्शनमा ल्याइने घोषणा गरिएको छ ।
पोखरा । फिल्म ‘टिका’ ले फेवाताल किनारको गाउँ पामेबाट छायांकन थालेको छ । ४० दिनको तालिकासहित फ्लोरमा गएको फिल्मलाई कास्कीमा मात्रै ३० दिन खिचिनेछ ।
बाँकी छायांकन काठमाडौं क्षेत्रमा खिचिनेछ । पोखरा र त्यस आसपासका पामे, सराङकोट, निरभाने लगायतका ठाउँमा छायांकन गरिने कार्यकारी निर्माता तेजबिक्रम केसीले बताए । कास्कीका विभिन्न आकर्षक लोकेसनले फिल्मको कथालाई जीवन्त बनाउन सघाउ पुग्ने केसीको विश्वास छ ।
भविष्य फिल्मस प्रालि र थर्ड आई आट्र्सको ब्यानरमा निर्माण हुने फिल्मको निर्माता भविष्य खड्का हुन् । यो फिल्म तीजको अवसरमा आगामी भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने निर्माण टिमले यसअघि नै घोषणा गरिसकेको छ ।

शंकर कार्कीको निर्देशन रहेको फिल्मलाई महिलाप्रधान भनिएको छ । आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशक छन् । प्रियंका कार्की, वर्षा सिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको प्रमुख अभिनय रहनेछ ।
नरेन्द्र मैनालीको सिनेमाटोग्राफी छ । कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहनेछ ।
प्रतिक्रिया 4