News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राईले नेकपा एमाले परित्याग गरे ।
- राई विसं २०७४ र २०७९ को निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
- उनले कसैसँग आग्रह वा असन्तुष्टि नभई आफ्नै राजनीतिक सोच र मान्यताअनुसार पार्टी छाडेको बताए ।
२५ जेठ, खोटाङ । खोटाङमा नेकपा एमालेबाट दुई पटक निर्वाचित वडाध्यक्षले पार्टी छाडेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले एमाले परित्याग गरेका हुन् ।
०७४ र ०७९ सालको निर्वाचनमा राई वडा अध्यक्ष निर्वाचित भएका थिए । राईले जेठ २५ गते फेसबुकमार्फत पार्टीबाट अलग्गिएको घोषणा गरेका हुन् ।
कसैसँग आग्रह, पूर्वाग्रह वा असन्तुष्टिको कारण नभई आफ्नै राजनीतिक सोच, मूल्य र मान्यता अनुसार पार्टी छाडेको वडाध्यक्ष राईले बताएका छन् ।
२०६४ सालदेखि एमालेको संगठित सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका राईले युवा संघको जिल्ला सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युवासंघको इन्चार्जलगायत जिम्मेवारी पाएका थिए ।
प्रतिक्रिया 4