News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद क्षितिज थेबेले सीमा विवादबारे सरकार गम्भीर बन्नुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरेका छन् ।
- प्रधानमन्त्रीले जेठ १७ गते संसद्मा नेपालले पनि भारतको जमीन मिचेको भनी दिएको अभिव्यक्तिप्रति विपक्षी दलहरूले विरोध गरेका हुन् ।
- विपक्षी दलहरूको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
२६ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले सीमा जस्तो सम्वेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति उचित नरहेको भनेर माफी माग्न आग्रह गरेका छन् ।
‘सीमासँग जोडिएको विषयमा बोलिएन भने इतिहासले पनि माफी गर्दैन’ उनले भने । यसमा प्रतिपक्षमा रहेका सांसदहरू मात्रै नभएर सत्तापक्षमा रहेका सांसदहरू पनि बोल्नुपर्ने उनको आग्रह छ ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
यही विषयलाई लिएर विपक्षी दलहरूले विरोध गरेका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
मंगलबार पनि प्रतिपक्षीले अवरोध गरेपछि सभामुखले बोल्न समय दिए । त्यसक्रममा एमालेका सांसद क्षितिज थेबेले सीमा जस्तो संवेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने आग्रह गरेका हुन् ।
प्रतिक्रिया 4