News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईको अगुवाइमा सांसदहरूले शहीदहरूको सम्मानमा ५ मिनेट मौन धारण गरेका छन् ।
- प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रतिपक्षी दलका सांसदहरूले संसद्मा उभिएर नयाँ शैलीमा विरोध गरेका हुन् ।
- सचेतक राईले राष्ट्रिय सार्वभौमिकता र इतिहासको रक्षा गर्ने अमर शहीदहरूको आत्मसम्मानका लागि ५ मिनेट मौन धारण गर्न आग्रह गरे ।
२६ जेठ, काठमाडौं । शहीदको सम्झनामा प्राय एक मिनेट मौन धारण गर्ने चलन छ । तर, मंगलबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदको सम्झनामा ५ मिनेट मौनधारण भएको छ ।
सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान प्रतिपक्षी दलहरूले लिँदै आएका छन् । यस्तो माग पूरा नभइरहेका बेला कांग्रेसका सचेतक निश्कल राईले विरोधको नयाँ शैली अपनाएका हुन् ।
नेपाल देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाह देखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापा लगायत महान् योद्धाहरूको योगदानको कथा पढ्दै आएका स्मरण गर्दै उनले मौन धारणका लागि आग्रह गरेका हुन् ।
मेयर हुँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने प्रधानमन्त्री बालेनले इतिहास पढेकै होला भनेर उनले प्रश्न गरे, ‘आज किन र कस्को स्वार्थमा हाम्रो स्वाभिमानमाथी उहाँ धावा बोल्दै हुनुहुन्छ ? प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङ देखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने त्यी अमर शहीदहरूको आत्मासम्मान कति गिरेको होला ?’
यति भनेर राइले मौन धारणका लागि आग्रह गरे ।
‘त्यसैले त्यी अमर शहीदहरू‚ प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका शहीदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू ५ मिनेट यहाँ उभिएर मौन धारण गर्ने छौं,’ उनले भने ।
त्यसपछि अनय विपक्षी दलका सांसदहरू पनि उठे ।
प्रतिक्रिया 4