0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रतिनिधिसभामा प्रस्तुत हुँदै नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ११:१८

२५ जेठ, काठमाडौं । राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यसभन्दा अगाडि सभामा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउनेछन् ।

त्यसपछि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसागै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ ।

अर्थमन्त्री डा. वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

लगत्तै सभामा अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक लाई प्रस्तुत गर्ने कार्यसूची छ ।

आज नै अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?