News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूले बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको तथ्य माग गरेपछि १९ जेठको प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ ।
- बिना तथ्य बोलेको भए माफी माग्नुपर्ने विपक्षीको अडान रहे पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी सहमत नहुँदा बैठक प्रभावित भएको हो ।
- बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
१९ जेठ, काठमाडौं । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन सकेको छैन ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।
तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् । परिणाममा दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन नसकेको हो ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
साथै, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने विषय पनि छ । जस अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
आजबाट नै राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने तयारी छ ।
तर, सभाको बैठक भने समयमै सुरु हुन सकेको छैन ।
प्रतिक्रिया 4