News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको सभापतिमा सुशीलकुमार साह कानुलाई पराजित गर्दै सांसद हरि पन्त विजयी भएका छन् ।
- चुनावमा तीन सांसदको समूहलाई पराजित गर्दै पन्तको प्यानल नै विजयी भएको छ ।
- प्रतिनिधि छनोट विवादमा दुई पक्षबीच कुटाकुट भएपछि शनिबार शुरू भएको अधिवेशन लम्बिएर सोमबार रातिमात्र मतदान भएको थियो ।
२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा हरि पन्तको प्यानल नै विजयी भएको छ ।
आफ्ना प्रतिस्पर्धी सुशीलकुमार साह कानुलाई पराजित गर्दै सभापतिमा पन्त विजयी भएका छन् ।
पन्त पर्सा १ का सांसद पनि हुन् । यसअघि पनि उनी पर्सा जिल्ला सभापति थिए ।
सभापतिमा पराजित कानु पर्सा क्षेत्र नम्बर २ का सांसद हुन् ।
सांसद पन्त र कानु प्यानल नै बनाएर प्रतिपर्धामा उत्रिएका थिए ।
कानुलाई पर्सा क्षेत्र नम्बर ३ का सांसद रमाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले साथ दिएका थिए ।
उपसभापतिमा दिलीपकुमार कुर्मी, सचिवमा सुदिशकुमार प्रजापति तथा सहसचिवमा कृष्णा पासवान निर्वाचित भएका छन् ।
सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी, प्रियंकाकुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी निर्वाचित भएका छन्।
शनिबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधि छनोट विवादका कारण दुई पक्षबीच कुटाकुट समेत भएको थियो । जसका कारण अधिवेशन लम्बिएर सोमबार राति अबेर चुनावी प्रक्रियामा गएको थियो । मंगलबार बिहान आएको चुनावी परिणाम अनुसार तीन सांसदको समूहलाई हराउँदै पन्तको प्यानलै विजयी भएको हो ।
प्रतिक्रिया 4