News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै २०५८ सालको नारायणहिटी दरबार हत्या काण्डबारे अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्।
२६ जेठ, काडमाडौं । नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् ।
मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।
२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा आयोजित जमघटमा गोलीचल्दा तात्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शारदा र शान्ति र शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाई धीरेन्द्र र कुमार खड्गविक्रमको मृत्यु भएको थियो ।
प्रधानन्यायाधीशको नेतृत्वमा गठित समितिले युवराज दीपेन्द्रले सबैलाई गोली हानेर पछि आफूले आत्महत्या गरेको प्रतिवेदन दिएको थियो ।
प्रतिक्रिया 4